सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको हो । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।

लामिछाने हाल खेलका लागि देश बाहिर छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =