झापा क्षेत्र नं. ५ मा ओलीसँग भिड्न माओवादी केन्द्रले सिफारिस गर्‍यो यी ४ उम्मेदवार

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भिड्न नेकपा (माओवादी केन्द्र) ले ४ जना युवालाई सिफारिस गरेको छ । बुधबार बसेको प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नं. ५ को बैठकले उम्मेदवार सिफारिस गरेको हाे । कमिटी प्रमुख वीरेन्द्र बस्नेतकाअनुसार प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार/चार जना उम्मेदवारहरू सिफारिस गरिएको हाे ।

प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईंलाई सिफारिस भएका छन् । तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्  । पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन् । यस्तै समानुपातिकतर्फ सन्तोष गौतम, राधिका ओझा, गणेशमान धिमाल र नरेन्द्र सावाँको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभामा क्षेत्र नं. ५ (क) का लागि प्रत्यक्षतर्फ रञ्जित तामाङ, सीताराम अधिकारी, माधव भट्टराई तथा समानुपातिकतर्फ हुकुम सिंह नेपाली र अनिसा झागर सिफारिसमा परेका छन् । त्यस्तै, क्षेत्र नं. ५ (ख) का लागि प्रत्यक्षतर्फ गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मालाई सिफारिस गरिएको छ । यस्तै समानुपातिकतर्फ भूमिका कोइराला र अजय अग्रवाललाई सिफारिस गरिएको छ ।

झापा क्षेत्र नं. ५ मा स्वतन्त्रबाट लेखक तथा विश्लेषक युग पाठकले उम्मेदवारी घोषणा गरेका छन् ।

झापा क्षेत्र नं. ५ ओलीकाे क्षेत्र हाे । २०७४ सालकाे निर्वाचन पनि ओली त्यहीँबाट सांसद बनेका हुन् । उनले पुन: त्यहीँबाट उम्मेदवारी दिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *