समाजवादी पार्टीमा कास्कीका उम्मेदवार सर्वसम्मत सिफारिस

पोखरा । नेपाल समाजवादी पार्टीले कास्कीका २ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा नारायण सुवेदीको नाम पठाइएको छ भने समानुपातिकमा नन्दबहादुर गुरुङको नाम छ ।

प्रदेशसभा (क) मा कृष्णबहादुर रानाभाट र (ख) मा कर्णबहादुर गुरुङ तथा समानुपातिकमा दुर्गा गुरुङलाई सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दीपक भण्डारीलाई अघि सारिएको छ भने समानुपातिकमा टिकाराम पौडेल सिफारिस भए ।

प्रदेशसभा (क) मा हेमबहादुर थापा (किरण) र (ख) मा चन्द्रबहादुर आलेलाई सिफारिस गरिएको छ । समानुपातिकमा लक्ष्मी खाती परियारको नाम छ । क्षेत्र नम्बर ३ मा भने बैठक बस्न बाँकी रहेको नेपाल समाजवादी पार्टी कास्कीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *