प्रचण्ड भन्छन्- ‘माओवादी दह्राे नभएसम्म प्रतिगमन आउन खाेजिरहन्छ’

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी दह्राे नभइकन देशकाे विकास नहुने बताएका छन् । बुधबार माओवादी केन्द्रनिकट सङ्गठन अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘हामी माओवादीहरू नसुध्रिएसम्म, दह्राे भएर नआउन्जेलसम्म देशमा प्रतिगमनहरू आइरहन्छन् । त्यसैले पनि हामी दह्राेगरी आउनैपर्छ ।’
यस्तै उनले आफ्नाे उत्तराधिकारी तयार हाेउन् भन्ने चाहेकाे बताए । विद्यार्थीहरूलाई सडकमा आउन आह्वान गर्दै उने भने, ‘सडकका हिराेहरू तपाईंहरू नै हाे । जबसम्म तपाईं सडकमा आउनुहुन्न, तबसम्म केही हुँदैन । तपाईंहरूले अब सडककाे नेतृत्व गर्नुपर्छ । जत्तिबेला हामी पनि आन्दाेलनहरूकाे नेतृत्व गर्थ्याैँ, तपाईंहरूकै उमेरकाे थियाैँ । र, म चाहन्छु कि मेराे उत्तराधिकारीकाे रूपमा तपाईंहरू आउनुस् ।’
उनले देश विकासकाे सपना आफ्नै जीवनकालमा पूरा गर्नेसमेत बताए ।








