मध्यपहाडी राजमार्गको पोखरा खण्डको रुट टुंगियो

पोखरा । मध्येपहाडी लोकमार्ग अन्तर्गत कास्कीको पूर्व खण्डको ट्रयाक टुंगिएको छ । लामो समय अन्योलमा रहेको उक्त रुट सडक निर्माणको १० वर्ष पछि टुंगो लागेको हो ।

याम्दीदेखि नयाँपुलसम्म र लमजुङ सीमानादेखि भैंसेसम्म सडक धमाधम स्तरोन्नति भइरहँदा भैंसेदेखि याम्दीसम्म अन्योल थियो । याम्दी जौवारीपुलदेखी पोखरा बजार क्षेत्र छाडेर गाउँतर्फ रेखांकन गरिएको छ । भैंसेबाट मौजा हुँदै अर्मलाबाट याम्दी जोड्न लागिएको हो ।

राजमार्गका इन्जिनियर मिलन श्रेष्ठका अनुसार राजमार्गको रेखांकन सकिएर टेण्डर समेत आह्वान भैसकेको छ । ‘एलाइन्मेण्ट हुनै समय लाग्यो । अब रुटको टुंगो लागेको छ । निर्माणका लागि टेण्डर निस्किएको छ,’ उनले भने, ‘३ वर्षभित्रमा काम सक्ने योजना छ ।’

यसअघि याम्दीबाट काहुँखोला हुँदै भैंसे जोड्न लागिएकोमा धेरै घरहरु पर्ने भएपछि परिवर्तन गरिएको हो । रेखांकन गरिएको सडक ४० किलोमिटर लामो छ ।

याम्दीदेखि कालिखोलासम्म ४ लेन र त्यसपछि २ लेनको सडक बन्न लागेको हो । मध्यपहाडी राजमार्गको कास्की खण्डमा ९१ किमी सडक पर्छ । नयाँ रुटका लागि ४ अर्बको टेण्डर निकालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *