पल शाहलाई बलात्कार मुद्धामा सफाइ

पोखरा । अभिनेता पल शाहले बलात्कार मुद्धामा सफाइ पाएका छन् । नवलपुर जिल्ला अदातलले उनलाई बलात्कार नभई बाल यौन दुरुपयोग मुद्धामा सजाएँ सुनाएको हो ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनलाई साढे दुई वर्ष थुनामा राख्न आदेश दिएको छ । जेलसँगै २५ हजार जरिवाना र १० लाख क्षतिपुर्तिको आदेश भएको छ ।

शाहविरुद्ध गत चैत ४ गते जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएको थियो । एक किशोरीका बाबूले शाह विरुद्ध आफ्नी छोरीलाई बलात्कार गरेको मुद्धा दायर गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *