भारतीय सेनाध्यक्षले भेटे प्रधानमन्त्री
२०७९ भदौ २१ गते

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।
मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेपाल भारत सैन्य सम्बन्धमा बारेमा चर्चा भएको थियो । भेटमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबिचको सहकार्य जारी रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए ।
त्यस्तै भारतका सेना अध्यक्ष पाण्डेले नेपालसँग सहकार्यको लामो समय भएको भन्दै खुसी व्यक्त गरेका थिए । यसअघि सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।
उनले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरू हस्तान्तरण गरेका थिए ।
२०७९ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित








