थप ३ सय जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ८१ पिसिआर परीक्षणका क्रममा १ सय ७७ जना र २ हजार ६ सय ९ एन्टीजेन परीक्षणका क्रममा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ सय २४ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २ हजार ४ सय ५७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =