असनकाे फुटपाथ खाली गर्दै महानगर
२०७९ भदौ २१ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असन क्षेत्रका फुटपाथ खाली गर्न थालेकाे छ ।
लामाे समयदेखि अव्यवस्थित तथा अवैधरूपमा यस क्षेत्रमा सञ्चालन भइरहेकाे विभिन्न व्यापार, पार्किङ तथा अन्य संरचना महानगरले मंगलवारदेखि हटाउन थालेकाे हाे ।
असन क्षेत्रकाे फुटपाथमा लामाे समयदेखि भाँडाकुँडा, क्रिष्टलका सामग्री, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री हटाउन भने महानगरले भाेलिसम्मकाे समय दिएकाे छ ।
असनका साँघुरा गल्लीका दुबैतिरको फुटपाथमा पसल राखिएपछि आउजाउमा समस्या हुने गरेकाे छ ।
२०७९ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित








