गण्डकीका मुख्यमन्त्री पोखरेल समानुपातिकमा सिफारिस

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतिनिधिसभाको समानुपातिक सांसद बन्न नाम टिपाएका छन् ।

नवलपुर क्षेत्र नम्बर १ (क) बाट चुनाव जितेर प्रदेश सांसद बनेका उनको रुचि अव प्रदेशमा छैन । प्रत्यक्ष चुनाव लड्न पनि चाहेनन्, पोखरेलले । उनको नाम नवलपुर १ बाट समानुपातिक सूचीमा सिफारिस भएको छ । जिल्ला कार्यसमितिले सबै क्षेत्रका आकांक्षीको नाम प्रदेशमा पठाएको हो ।

नवलपुरको क्षेत्र नम्बर १ मा कांग्रेस केन्द्रीय सदस्य डा. सशांक कोइराला सहित अर्बपती विनोद चौधरीको नाम पनि गएको छ । चौधरीले नवलपुरका दुवै क्षेत्रमा प्रत्यक्ष चुनाव लड्नका लागि आवेदन दिएका छन् । पोखरेलले कोइरालालाई नै नेता मान्दै आएका छन् । कोइरालाले नछोडेपछि पोखरेल ब्याक भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =