छोरी मात्रै पाएर परिवार नियोजन गरे ५० हजार पुरस्कार

पोखरा । छोरीको महत्त्व दर्साउनका लागि पोखराको एउटा वडाले छोरी मात्रै पाएर परिवार नियोजन गर्ने दम्पतीलाई ५० हजार पुरस्कार दिने भएको छ । पोखरा १२ ले छोरी जन्माउनेले परिवार नियोजन गरेको प्रमाण दिए ५० हजार पाउने घोषणा गरेको हो ।

वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार पहिलो वर्ष ५ दम्पतीलाई सम्मान गर्ने लक्ष्य रहेको बताए । तत्कालका लागि वडाले यो कार्यक्रम गर्न २ लाख छुट्याएको छ ।

लिङ्ग पहिचान गरेर हुने भ्रूणहत्याका घटना धेरै बढेपछि त्यसलाई रोक्न आफूले नयाँ अभियान ल्याएको बताए । ‘बच्चा जन्मिनुअघि नै लिङ्ग पहिचान हुन्छ । छोरी भए हत्या गर्ने चलन बढ्यो,’ उनले भने, ‘छोरी पनि जन्मिन पाउनुपर्छ र छोरीको महत्त्व छोराको भन्दा कम छैन भन्नका लागि यो अभियान ल्यायौँ ।’

राज्यले नै छोरीको शिक्षा र स्वास्थ्यमा निःशुल्क गरिदिनुपर्ने उनको भनाइ छ । यस्तै, वडाले सासू–ससुरा पाल्ने असल बुहारी सम्मान कार्यक्रम पनि ल्याएको छ । सासू-ससुराको अवस्था र उनीहरूलाई गरिने व्यवहार मूल्याङ्कन गरी बुहारीलाई प्रोत्साहन स्वरूप सम्मान गर्न लागिएको वडाध्यक्ष बास्तोलाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *