थप २ सय २१ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय १९ पिसिआर परीक्षणका क्रममा १ सय २२ जना र २ हजार ५ सय ३९ एन्टीजेन परीक्षणका क्रममा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय ६ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २ हजार ४ सय ४४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =