सुरक्षित पिउने पानीका लागि एनटीयु सिंगापुर र नेपालका वैज्ञानिकबिच सहकार्य

काठमाडौँ । एनटीयु सिंगापुर र नेपालका वैज्ञानिकहरू बिच सुरक्षित पिउने पानी उपलब्ध गराउन सहकार्य हुने भएको छ ।

आर्सेनिकको विषाक्तताबाट हुने स्वास्थ्यमा हुने क्षतिलाई रोक्न सिंगापुर र नेपालस्थित नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका वैज्ञानिकहरूले नवलपरासीको सुक्रौलीस्थित श्री जनता माध्यमिक विद्यालयमा विद्यालय परिवारका लागि स्वच्छ खानेपानी सुविधा निर्माण गरेका हुन् ।

नेपालको कुल जनसङ्ख्याको झण्डै आधा जनसंख्या तराई क्षेत्रमा बसोबास गर्छन् र तीमध्ये ९० प्रतिशत पिउने पानीको प्रमुख स्रोतको रूपमा भूमिगत पानीमा निर्भर छन् । तराई क्षेत्रको जमिनमुनिको पानी क्यान्सर निम्त्याउने विषाक्त रसायन, आर्सेनिकले दूषित भएको र जनस्वास्थ्यका लागि खतरा भएको अनुसन्धानले देखाएको छ ।

पिउने पानीबाट निस्कने आर्सेनिकले स्वास्थ्यमा घातक असर गरेपनि मानिसहरूले यसलाई गम्भीर रूपमा लिएका छैनन् । सफा पानी सुविधामा घट्दो क्रममा व्यवस्थित गरी तीन वटा एक हजार लिटर ट्याङ्कीहरू समावेश छन् । पहिलो ट्याङ्कीले अवसादन मार्फत पानीको शुद्धमा मद्दत गर्छ ।

एनटीयु को नान्याङ वातावरण र पानी अनुसन्धान संस्थानका कार्यकारी निर्देशक प्रोफेसर स्यानी सेन्डरले भने ‘आर्सेनिक हटाउने फिल्टर प्रणालीको डिजाइन सरल छ, जसले यसलाई दिगो विकल्प बनाउँछ जब हामी लामो समयसम्म सञ्चालन र मर्मत सम्भारबारे विचार गछौं ।’

दिगो शुद्ध पानीको पहुँच सुनिश्चित गर्नु बाहेक, परियोजना टोलीले समुदायमा आर्सेनिक-प्रेरित स्वास्थ्य जोखिमहरू बारे शिक्षित र चेतना जगाउन विद्यालयमा शिक्षा अभियानहरू पनि सुरु गर्नेछ ।

वैज्ञानिकहरू अब काठमाडौँ हुँदै बग्ने बागमती नदीमा पानीको गुणस्तर अनुसन्धानमा केन्द्रित हुनेछन् । अध्ययनको नतिजाले जल प्रदूषणको मात्रा पत्ता लगाउने र भविष्यमा नदीको संरक्षणका लागि वकालत गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *