थप १४२ जनामा कोरोना संक्रमण, २३० निकाे

काठमाडौँ । नेपालमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ५६ पिसिआर परीक्षणका क्रममा १ सय १६ जना र १ हजार ६ सय ९४ पिसिआर परीक्षणका क्रममा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय ३० जना निको भएका छन् ।

हाल नेपालमा २ हजार ५ सय २८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =