मध्यराति डाँका समूह र प्रहरीबीच गोली हानाहान, वरिष्ठ सईको घाइते

काठमाडाैँ । बारामा एक उद्योगमा लुटपाट गर्न आएको हतियाधारी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका- २३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका हतियारधारी डाँका समूह र प्रहरीबीच गय राति गोली हानाहान भएको हो ।

करिब १५/२० जनाको डाँका समूहले शनिबार मध्यरात उद्योगमा लुटपाट गर्न पुगेको समूहले प्रहरीमाथि फायर गरेको प्रहरीले जनाएको छ । डाँका समूह आएको थाहा पाएपछि उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुगेको थियो । प्रहरीलाई देखेर डाँका समूहले फाइर गरेका थिए। त्यसपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरिएको बाराका प्रमुख प्रहरी तथा एसपी होबिन्द्र बोगटीले बताए ।

भाग्ने क्रममा दुई जना डाँकालाई प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए । घटनास्थलबाट बन्दुक, कटुवा पेस्तोल र तीन राउण्ड गोली पनि बरामद भएको उनले जानकारी दिए । उनका अनुसार डाँका समूहले फलामको रड प्रहार गर्दा वरिष्ठ सई कमलबहादुर शाही घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *