निर्वाचन लगत्तै हामी हिन्दुराष्ट्र पुनर्थापनाका निमित्त देश-व्यापी आन्दोलन गर्नेछौ : कमल थापा (भिडिओ)

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता बिधेयक संघीय संसदबाट हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले राष्ट्रपतिले सुझाव सहित नागरिकता बिधेयक फिर्ता पठाएपनि त्यसलाई पुनः दबाट हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भएको बताए ।

थापाले गठबन्धन दलले नागरिकता बिधेयक हुबहु पारित गरेर मुलुकलाई अप्ठेरोमा ठकेल्न खोजेको आरोप लगाए । त्यस्तै थापाले आगामी निर्वाचनबाट संसदमा सम्मानजनक उपस्थीति हासिल गर्न सके हिन्दुराष्ट्र पुर्नस्थापनाको पक्षमा देशव्यापी आन्दोलन गर्ने जिकिर गरे ।

प्रमुख राजनीतिक दलको बिकल्पमा फरक बिचार बोक्ने आफ्नो मात्रै पार्टी भएको उनको भनाई छ ।

थापाले ठूला भन्ने दलको असक्षमता, अदूरदर्शिताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शकि्तको रुपमा उभ्याउन सहयोग गर्नुपर्ने धारणा समेत राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =