प्राविधिक समस्या नआए कक्षा १२ काे नतिजा आजै : सदस्यसचिव अर्याल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रवार प्रकाशित गर्ने भएको छ ।

अप्रत्यासितरूपमा कुनै प्राविधक समस्या नआए बेलुकी ५ बजेपछि कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए ।

मकालुखबरसँगको टेलिफोन संवादमा उनले भने, ‘नतिजा प्रकाशनको विषय प्राविधिक हुने भएकाले आज वा भोलि यसै भन्न सकिने अवस्था छैन । तर, हामी नतिजा प्रकाशनको अन्तिम तयारीस्वरूप अहिले बैठक बस्दैछौँ, सबै कुरा अनुकुल भएमा कक्षा १२ काे परीक्षाफल आजै प्रकाशित गर्ने तयारी छ ।’

बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =