२ लाख बढीले दिए एसईई ग्रेडवृद्धि परीक्षा, नतिजा कहिले ?

काठमाडौँ । २ लाख भन्दा बढी विद्यार्थी एसईई ग्रेडबृद्धि (पूरक)परीक्षामा सहभागी भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार (कक्षा १०) काे पुरक परीक्षामा पहिलाे दिन १ लाख ३९ हजार जना विद्यार्थी सहभागी भएका हुन् ।

परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षाकाे दाेस्राे दिन दोस्रो दिन ७४ हजार २८३ जना गरी २ लाख १३ हजार ६४५ जनाले परीक्षा दिएका छन् ।

ग्रेडबृद्धि (पूरक) परीक्षाका लागि नेपालभर ३७२ परीक्षा केन्द्र तोकिएका थिए ।

नतिजा कहिले ?

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले दसैँअगाडि नै ग्रेडवृद्धि परीक्षाकाे नतिजा प्रकाशित गर्ने तयारी गरेकाे छ । बाेर्डले अहिले १६ स्थानमा राखेर परीक्षाकाे उत्तरपुस्तिका परीक्षण गरिरहेकाे छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *