कुचो बोकेर सम्पदा सफाइमा निस्किए पर्यटनमन्त्री 

काठमाडौँ । मुलुकको पर्यटन प्रवर्द्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियानअन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज वसन्तपुर डबली-असनचोक, ठैँटीचोक-ठमेल हुँदै नरसिंहचोकसम्म सरसफाइ गरिएको हो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीलगायत हातमा कुचो बोकेर सरसफाइ अभियानमा सहभागी भएका थिए । मन्त्रालयले जारी गरेको ७३ बुँदे कार्ययोजनाअन्तर्गत वसन्तपुरदेखि ठमेलसम्म सरसफाइ कार्यक्रमको आयोजना गरिएको बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *