भरतपुर महानगरमा सापकोटालाई स्वागत, सुवेदीलाई बिदाइ

चितवन । भरतपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटालाई स्वागत गरिएको छ ।

बिहीबार एक कार्यक्रमका बिच प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले स्वागत गरेका थिए ।

सापकोटा यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (अतिरिक्त समूह) मा कार्यरत थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले आफ्नो कार्यकालमा भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भरतपुर महानगरपालिकाको सुशासनलाई थप सुदृढ गर्न कुनै पनि कसुर बाँकी नराख्ने उनको भनाइ थियो ।

सापकोटाले प्रशासनिक जीवनको दौरानमा धेरै महत्त्वपूर्ण कार्यहरू गर्न सफल भइसकेको बताउँदै भरतपुर महानगरपालिकालाई स्मार्ट सिटी निर्माण गर्नेतर्फ लाग्ने उल्लेख गरे ।
यसैबिच बिहीबार नै भरतपुर महानगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई सम्मानसहित बिदाइ गरिएको छ ।

सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (अतिरिक्त समूह) मा सरुवा भएको छ । सुवेदीले भरतपुर महानगरपालिकालाई डिजिटल बनाउन आफ्नो कार्यकालमा विशेष जोड दिएको उल्लेख गरे ।

भरतपुर महानगरलाई स्मार्ट सिटी निर्माण गर्ने महानगर प्रमुख, उपप्रमुखको सपनाअनुसार कार्य सम्पादनमा खटिएको सुवेदीको भनाइ थियो । सुवेदी ११ महिना ६ दिनको कार्यकाल पूरा गरी भरतपुरबाट बिदाइ भएका हुन् ।

त्यस्तै महानगरपालिकाले उमेर हदका कारण निवृत्त भएका र स्वैच्छिक अवकाश लिएका १० जनालाई सम्मानसहित बिदाइ गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =