सिट बाँडफाँटबारे छलफल गर्न बालुवाटारमा जुटे गठबन्धनका शीर्ष नेता

काठमाडौँ । आसन्न आवधिक निर्वाचनकाे सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताको बैठक शुरु भएको छ । केहीबेर अघि सत्तारूढ दलका शीर्ष नेताहरूबीच वार्ता सुरु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । पटक पटक शीर्ष नेताहरूसहितको बैठक बस्दा पनि सिट बाँडफाँटमा सहमति हुन सकेको छैन् ।

सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटको विषय गिजोलिएपछि एपछि नेताहरू छलफलमा जुटेका हुन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजगत्वमा बनेको कार्यदलले प्रतिवेदन तयार गरेर गठबन्धनमा बुझाइसकेका छन् ।

अहिलेसम्म प्रतिनिधि सभामा नेपाली कांग्रेसले १०० सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ । बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 10 =