कास्कीबाट नाम प्रस्तुत गर्नेलाई धन्यवाद दिँदै गगनले भने – काठमाडाैँबाटै उठ्छु

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कास्कीबाट प्रतिनिधिसभामा आफ्नो नाम प्रस्तुत गर्नेलाई धन्यवाद दिएका छन् ।

उनले स्नेहपूर्व कास्की क्षेत्र नं. १ बाट पार्टी कार्यकर्ताले स्नेहपूर्वक चाहना राखेर नाम प्रस्तुत गरेकोमा धन्यवाद दिँदै आफू आफ्नो पारम्परिक संसदीय क्षेत्र काठमाडौँ ४ बाटै उम्मेदवारीको तयारीमा रहेको बताए ।

उनले भने, ‘कास्की क्षेत्र नं. १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद !
मैले काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =