यही १८ र १९ गते ‘वर्डक्याम्प काठमाडौँ २०२२’ हुँदै

काठमाडौँ । ओपेन सोर्स सफ्टवेयर वर्डप्रेस सम्बन्धी २ दिने सम्मेलन ‘वर्डक्याम्प काठमाडौँ २०२२’ हुने भएको छ । सम्मेलन यही १८ र १९ गते काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सन्समा हुने भएको हो ।

आयोजककाअनुसार सम्मेलनमा विभिन्न देशका वर्डप्रेसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरिसकेका ५ सयभन्दा बढी नेपाली तथा विदेशी विशेषज्ञहरूको सहभागिता रहेछ । नेपालमा अहिले बनिरहेका बहुसङ्ख्य वेबसाइटहरू निर्माण गर्दा वर्डप्रेस प्रयोग गरिएको आयोजक समिति, वर्डप्रेस काठमाडौँले जनाएको छ ।

विश्वभरि रहेका रहेका प्रविधि सम्बन्धी काम गर्ने धेरै संस्थाहरूको सहयोगमा सम्मेलन हुन लागेको हो । सम्मेलन सूचना प्रविधिमा वेबसाइट बनाई व्यवसाय वा स्वरोजगार गर्न खोज्ने नेपालीहरूको लागि धेरै उपयोगी हुने आयोजकले दाबी छ ।

सूचना प्रविधिमा काम गरिरहेका संस्थाका प्रतिनिधि तथा सूचना प्रविधिका व्यवसायीसँग भेटघाट हुने अवसर पनि हुनेछ । वर्डप्रेस संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने सफ्टवेयर हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *