नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
२०७९ भदौ १५ गते

फाइल फाेटाे
काठमाडौँ । पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो ।
रातिदेखि नै पहिरोका कारण सडक ठप्प भएपछि अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । पहिरो हटाउन दुई तीन घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले दुई वटा डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक-पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
२०७९ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








