थप २५७ जनामा काेराेना संक्रमण
२०७९ भदौ १४ गते

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ जना र २ हजार ४६३ जनाको एन्टिजेन परीक्षण गर्दा १४४ जनामा संक्रमण देखिएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ ।
त्यस्तै, साेही समयमा थप २३२ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये २ हजार ९९१ जना होम आइसोलेसनमा रहेका छन् भने १५५ जना संस्थागत आइसोलेसन र ४० जना आईसीयूमा छन् ।
याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६८८पुगेको छ ।
२०७९ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित








