भोटाहिटी-रत्नपार्कमा भत्काउन बिहानै चल्यो डोजर

काठमाडौँ । काठमाडौँ महागरपालिकाले भोटाहिटी-रत्नपार्कका अवैध संरचना पूर्ण रुपमा हटाउन बिहानै डोजल चलाएको छ । भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब-वे) माथिका अवैध संरचना पूर्ण रुपमा हटाउन थालिएको हो ।

आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काएको थियो । पैदलयात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना पूर्ण रुपमा हटाइने महानगरले जनाएको छ ।

महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काएको हो । यो सब-वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =