अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउँदै गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकारले २ वटा अध्यादेश ल्याउने तयारी गरेको छ । बुधबार बस्ने भनेको प्रदेशसभा बैठक अकस्मात् अधिवेशन नै अन्त्य गरेर मुस्ताङ पुगेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अध्यादेशबाट कर्मचारी ऐन ल्याउने बताए । त्यसो त कर्मचारी ऐनमायसअघि नै छलफल भइसकेको छ ।

सरकारले प्रदेश निजामती कर्मचारी विधेयक र स्थानीय तह कर्मचारी विधेयकको मस्यौदा ठिक्क बनाएर राखेको छ । दुवै विधेयक अध्यादेशबाट ल्याएर कर्मचारीको हितमा सरकारले काम गर्ने पोखरेलले बताए ।

संघ सरकारले निजामती सेवा ऐन नबनाइदिएका कारण प्रदेशले कानून ल्याउने बाटो फुकेको छैन । संघले ढिलो गरेपछि प्रदेशले अब कुर्न नसक्ने पोखरेल बताउँछन् । केन्द्रीकृत मानसिकताका कारण संघीयता कमजोर हुने अवस्थामा लैजाने प्रपञ्च रचिएको उनको गुनासो छ ।

‘अहिलेसम्म केन्द्रलाई कुरेको हो । उसले कानून बनाइदिन्छ र हामी बनाऔंला भनेको त्यो सफल भएन,’ पोखरेलले भने, ‘अब ढिला भयो । सरकारले निजामती ऐन अध्यादेशबाट ल्याउँछ ।’

संघ सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोकेको छ । निर्वाचनको मिति तोकिएपछि कुनै पनि अध्यादेश ल्याउन नपाइने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =