१३ करोड लगानीमा १५ सय स्मार्ट बत्ती राख्दै पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले सहरका विभिन्न ठाउँमा १५ सय भन्दा बढी स्मार्ट बत्ती राख्ने भएको छ ।

उक्त कार्यक्रमको शुक्रवार सुरुआत गरिएको हो । मेयर धनराज आचार्यले सडकमा बत्ती राख्ने अभियानको जिरो किलोमिटरबाट सुरु गरे । सडक बत्ती सँगै २३ ठाउँमा हाइमास्ड लाइट जडान समेत हुने छ ।

नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरपालिकाले समान साझेदारीमा बत्ती राख्न लागेका हुन् । १२ करोड ७५ लाख लागतमा उक्त बत्ती जडान हुन लागेको महानगरपालिकाले जनाएको छ । दुवै संस्थाले ५०/५० प्रतिशत लगानी गर्ने छन् ।

१ हजार ५ सय ४ वटा बत्ती जडान हुने बताइएको छ । यस्तै, १६ मिटर अग्लो हाइ मास्ड लाइटिङ सिस्टम पनि २३ वटा जडान हुने छ । पोखराका ५० किलोमिटर दुरीमा ती बत्तीहरू जडान हुने मेयर आचार्यले जानकारी दिए ।

यसअघिकै जनप्रतिनिधिले उक्त कार्यक्रम अघि बढाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =