पोखरा पर्यटन परिषद्को अध्यक्षमा पोमनारायण निर्वाचित

पोखरा । पोखरा पर्यटन परिषद्को अध्यक्षमा पोमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबार भएको १२ औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । श्रेष्ठले अध्यक्षका अर्का प्रत्याशी रामचन्द्र शर्मालाई दोब्बर मतान्तरले पराजित गरेका हुन् ।

उनले २८ मत पाउँदा शर्माले १४ मत मात्रै पाए ।  पोखराका पर्यटन सम्बद्ध विभिन्न संघ संस्था परिषद्को सदस्य हुने व्यवस्था छ । ४२ संस्थाले अधिवेशनमा सहभागिता जनाएको निर्वाचन समितिले जानकारी दिएको छ ।

परिषद्को सदस्यहरूमा कृष्णप्रसाद काफ्ले, तारानाथ पहारी, कृष्ण भण्डारी, जीवनराज सापकोटा, बबरजंग गुरुङ र निमबहादुर मगर निर्विरोध भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *