अल्फाबिटाका सञ्चालकसँग कड्किए बालेन- तपाईंकाे घरकाे नक्सा मसँग हुन्छ ? (भिडिओसहित)
२०७९ भदौ ९ गते

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन शाह अनधिकृत संरचनाहरू भत्काउनमा व्यस्त छन् । बुधबार दिनभर न्यूराेड क्षेत्रका विभिन्न अनधिकृत संरचना भत्काएका बालेन बिहीबार बिहान बानेश्वर क्षेत्रमा रहेकाे अल्फाबिटा कम्प्लेक्समा पुगे । अल्फाबिटा कम्प्लेक्सअगाडिकाे भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ । पार्किङ भने सडक पेटीमा हुने गरेको छ ।
त्यहाँ पुगेका प्रमुख शाहले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो शाहसँग नक्सा मागे । त्यसबेला प्रमुख बालेनले प्रश्न गरे— ‘तपाईंको घरको नक्सा मसित हुनुपर्छ ?’ ठूलै स्वरमा प्रस्तुत भएका शाह अझ जङ्गिएर बाेले, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईंकाे घरको नक्सा मसँग हुन्छ कि तपाईंसँग ?’
२०७९ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








