एक्कासी अनधिकृत संरचनाहरू भत्काउन शुरू गरेका होइनौँ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एक्कासी अनधिकृत संरचनाहरू भत्काउन शुरू नगरेको बताएका दाबी गरेका छन् । यसअघि नै  ३५ दिने सूचना जारी गरेको बताउँदै  सो अवधिमा कोही पनि सम्पर्कमा नआएको उनले बताए । सामाजिक सञ्जालमार्फत मेयर बालेनले यस्तो बताएका हुन् ।

‘हामीले एक्कासी अनधिकृत संरचनाहरू भत्काउन सुरु गरेका होइनौँ, ३५ दिने सूचना जारी गरेका थियौँ । तर सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव हामीसँग छ ।’, उनले भनेका छन् ।

यस्तै उनले अनधिकृत संरचनाहरूको महानगरले अनुगमन लगायतका गतिविधि सधैँ गर्ने उल्लेख गरेका छन् । उनले मापदण्ड विपरीतका संरचनाहरू भाडामा नलगाउन पनि निर्देशन दिएका छन्  ।

उनले अनधिकृत संरचनाहरूका भाडावाललाई पर्न गएको असुविधाप्रति दु:ख व्यक्त गर्दै मालिकहरूबाट क्षतिपूर्ति भराउनेतर्फ हदैसम्मको पहल गर्ने समेत आश्वासन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =