संसद्ले गति लियाे : सभामुख सापकोटा
२०७९ भदौ ८ गते

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्षे अधिवेशनले गति लिइरहेको बताएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित चौतारा बहुमुखी क्याम्पसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुनःस्थापित सदनबाट नै विभिन्न विधेयक पारित हुँदै समस्याको सामाधन निस्केको उल्लेख गरे ।
सभामुख सापकोटाले एघारौँ अधिवेशनबाट दुई दर्जनभन्दा बढी विधेयक पारित भएको बताए । आफ्नो दुई कार्यकालमा कोरोना, जलवायु परिवर्तनका कारण परेका विपत्ति तथा दुई पटक संसद् विघटन भएका कारण अदालत जानुपर्ने अवस्था परेकाले पूर्ण रुपमा सभामुखको रुपमा परख परीक्षण हुन नपाएको उनले बताए ।
सभामुख सापकोटाले दर्शन, विचारमा मन्थन कम हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले शिक्षाले मानिसको दिमागलाई तालिम दिने भन्दै नयाँ पुस्ताले विज्ञान प्रविधिलाई अझ धेरै बुझ्नुपर्नेमा जोड दिए ।
२०७९ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








