कुबेत जान लागेका ३९ महिलालाई प्रहरीले त्रिभुवन विमानस्थलमा राेक्याे

विराटनगर । काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट कुवेत जान लागेका महिलालाई प्रहरीले रोकेको छ। नेपालबाट कुवेत जान हिँडेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको प्रहरीले जनाएको छ ।

भिजिट भिसाबाट कुवेत जान हिँडेका उनीहरूलाई सोधपुछ गर्ने क्रममा बताएपछि रोकिएको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ। बुधवार बिहान साढे ३ बजे अल जजिराको उडानबाट उनीहरू कुवेत जान लागेका थिए ।

विमानस्थल सुरक्षा अधिकारीकाका अनुसार भिजिट भिसामा जान लागेका उनीहरूमाथि शङ्का लागेर सोधपुछ गर्दा उनीहरू घुम्न जान लागेको भनिएपछि रोकिएको हो ।

उनीहरूले भिजिटिङ भिसाबाट दुबई जान लागेको भनेपछि प्रहरीले थप सोधपुछ गरेको थियो । घुम्न जान लागेका व्यक्तिहरूसँग पैसा हुनुपर्नेमा पैसा छ भनेर सोध्दा बैंकको कागज देखाएपछि थप अनुसन्धान थालिएको प्रहरीको दाबी छ ।

एउटा बैंकको कागज बोकेर अर्कै बैंकको नाम लिएको पनि सोधपुछबाट खुलेको छ । उनीहरूलाई विदेश पठाउनेको बारेमा सोधिखोजी गर्दा केही जवाफ दिएनन्, प्रहरी अधिकारी भन्छन्, दुबई जाने भनिएकी महिलाको पनि कुवेतको टिक रहेको पाइएको छ ।

मानव बेचबिखन हुन लागेको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ भने प्रहरीले विमानस्थलबाट रोकेका महिलालाई माइती नेपालमा बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *