२० वर्ष पुरानो माइक्रो बस प्रहरीको फन्दामा, कारबाहीका लागि ललितपुर पठाइयो

काठमाडौँ । काठमाडौँको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई ट्राफिक प्रहरीले कारबाहीको लागी यातायात व्यवस्था कार्यालय ललितपुर पठाएको छ ।

२०७९ भदौ ६ गते सोमवार बा १ ज ५७ ७० नम्बरको माइक्रो बस जाँच गर्दा २० वर्ष अवधि पुगेको देखिएकाले ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । चेकिङको क्रममा उक्त माइक्रो बस सन् २००० सालमा बनेको कागजात भेटिएको थियो ।

उक्त माइक्रो बसलाई आवश्यक कारबाहीका लागि ललितपुर स्थित यातायात व्यवस्था कार्यालय पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सवारी साधन उत्पादन भएको वर्ष र सुरु दर्ता मिति पनि खुलेका सवारी साधनको हकमा उत्पादन वर्षले २० वर्ष, उत्पादन वर्ष नखुलेको तर सुरु दर्ता मिति मात्र खुलेको सवारीको हकमा सुरु दर्ता मितिले २० वर्ष पुगे नपुगेको गणना हुन्छ ।

यस्तै, सुरु दर्ता भइनसकेका भन्सार कार्यालय र राजश्व अनुसन्धान विभाग जस्ता निकायले लिलाम गरेका सवारीको हकमा भने उत्पादन वर्षले डिसेम्बर महिनाको आधारमा २० वर्ष पुगे नपुगेको यकिन गरी इन्धनबाट चल्ने यात्रु तथा मालवाहक सवारी साधन २० वर्षभन्दा बढी चलाउन नपाइने यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ मा प्रावधान रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =