डेढ वर्षपछि खुल्यो ट्रान्जिट, हौसिए पर्यटन व्यवसायी

काठमाडौँ । झन्डै डेढ वर्षदेखि नेपालको बाटो हुँदै तेस्रो मुलुकमा जान कायम रहेको प्रतिबन्ध हटेको छ । सरकारले विदेशी नागरिकलाई नेपाली बाटो हुँदै तेस्रो मुलुक जान लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।

यसअघि अध्यागमन विभागले २०७८ वैशाख १५ गते रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जाने यात्रुमाथि प्रतिबन्ध लगाएको थियो । कोभिड महामारीका बेला नेपालमा थप सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले प्रतिबन्ध लगाइएको थियो । महामारी कम भएसँगै लागू गरिएका हवाई उडानसम्बन्धी सबै प्रतिबन्ध भने यसअघि नै हटिसकेका थिए ।

प्रतिबन्ध हटेसँगै अब भने नेपाली विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गरी विदेशी नागरिक तेस्रो मुलुक जान पाउनेछन्। यसअघि विशेष गरी भारत, भुटान र बङ्गलादेशका नागरिक नेपाललाई ट्रान्जिट गरेर युरोप, अमेरिका, जापान, अस्टे«लिया, साउदीलगायतका मुलुक जाने गरेका थिए ।

सरकारले विदेशी नागरिकलाई नेपालको बाटो प्रयोग गरेर यात्रा गर्न दिने भएपछि पर्यटन व्यवसायीसमेत हौसिएका छन् । प्रतिबन्ध हटेसँगै हवाई उडान र पर्यटकीय चहल–पहल बढ्ने विश्वास गरिएको छ भने यो निर्णयले पर्यटन क्षेत्रमा उत्साह थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *