बाटो नभएको ठाउँमा पुल बनाएपछि अख्तियारले थाल्यो छानबिन

पोखरा । गोरखामा मन्त्रीको पहुँचका कारण सडक नै नभएको ठाउँमा पुल बनाएपछि चौतर्फी आलोचना भयो । उक्त घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आयोजनाबारे छानबिन सुरु गरेको छ ।

गोरखा नगरपालिका ३ र सिरानचोक गाउँपालिका ५ जोड्ने गरी जरेबरमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

अख्तियारले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कागजात मागेको छ । यस्तै, गोरखास्थित पूर्वाधार कार्यालयबाट आयोगले कागजात झिकाइसकेको बताइएको छ ।

अनुसन्धानका लागि अघिल्लो साता अख्तियारको टोली गोरखा पुगेको थियो । त्यसअघि पनि फिल्डमा पुगेर टोलीले अध्ययन गरिसकेको छ ।

गण्डकीका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेले आफ्नो खेत छेउमा बाटो नपुगे पनि सडक बनाउन लागिएका हुन् ।

प्रदेश सरकारले ५ करोड ३९ लाख लागतमा पुल निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =