उपेन्द्र यादवले मागे मुख्यमन्त्री राउतको राजीनामा

काठमाडाैँ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका छन् । पार्टीभित्रैबाट मुख्यमन्त्री राउतको आलोचना बढेको भन्दै अध्यक्ष यादवले उनको राजीनामा मागेका हुन् ।

हालै बसेको जसपा कार्यकारिणी समितिको बैठकमा केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए । त्यतिबेला राजीनामाको मागबारे मौन रहेका अध्यक्ष यादवले अहिले भने राउतलाई राजीनामा दिन निर्देशन दिएको बताइएको छ ।

‘बेटी बचाऊ बेटी पढाऊ’ अभियान अन्तर्गत वितरण भएका साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै मुख्यमन्त्री यादवको चर्को आलोचना भइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *