विन्ध्यवासिनी मन्दिरको दान पेटिका चोरी, एक जना पक्राउ

पोखरा । पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरको दान पेटिका चोरी भएको छ । शुक्रबार मन्दिरको छेउमा रहेको दान पेटिका चोरी भएको हो । उक्त दान पेटिकामा कति रकम थियो भन्ने खुलेको छैन ।

दान पेटिका चोरेको आरोपमा पोखरा २५ हेमजास्थित तिब्बतियन क्याम्पका जिम्मी दोर्जे पक्राउ परेका छन् । पेटिका लिएर हेमजा पुगेका उनलाई दान पेटिका सहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

उनलाई चोरी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । मन्दिर श्रोतका अनुसार उक्त दान पेटिका धेरै समयदेखि खोलिएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *