निर्वाचन आयोगले बोलायो राजनीतिक दलहरूलाई

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्न बोलाएको छ । आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो ।

आयोगका एक आयुक्तले भने, ‘यसअघि आयोगले निर्वाचन आचारसंहिताको ड्राफ्ट राजनीतिक दलहरूलाई दिएको छ । अब त्यसमा दलका केही आवश्यक सुझाव भए तिनलाई समेत समेटेर पास गर्नुपर्ने हुन्छ । त्यसैका लागि छलफल राखिएको हो, त्योबाहेक अन्य तयारीका सम्बन्धमा पनि छलफल हुन्छ ।’

छलफलका लागि आयोगले केन्द्रीय कार्यालय कान्तिपथमा साढे ११ बजे समय तोकेको छ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न अनुमानित १० अर्ब बजेट लाग्ने भन्दै अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकिएको छ । त्यस्तै, ५०३ प्रकारका मतपत्र हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =