कोरियन सांसदको टोली पोखरामा, फोहर र ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने

पोखरा । गणतन्त्र कोरियाको राष्ट्रियसभा सांसदहरूको टोली पोखरा आइपुगेको छ । पाँच सदस्यीय टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाको तर्फबाट राष्ट्रियसभा सदस्यहरू डेमोक्रेटिक पार्टीका सिङ हेन ली, ह्याक योङ ली, ब्योङजो कीम तथा पिपुल पावर पार्टीका सांसदहरू ब्योङ गिल एन र राष्ट्रिय सभाका अधिकारी सहभागी छन् ।

उनीहरूले पोखराका मेयर धनराज आचार्यसँग पोखराको दिगो विकासमा साथ दिने प्रतिबद्धता जनाएका छन् । विशेष गरी पोखराको फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन र ग्रिन ट्रान्सपोर्टेसन लगायत क्षेत्रमा साथ दिने उनीहरूको बाचा छ ।

पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन, रिङरोड निर्माण, व्यवस्थित बसपार्क, अन्तर्राष्ट्रिय विमानस्थलदेखि पोखराको लेक साइडसम्मको फास्ट ट्र्याक, फेवातालदेखि वेगनासताल जोड्ने पूर्वाधार लगायत विषयमा उनीहरूले बढी चासो दिएका मेयर आचार्यले बताए ।

पोखराले कोरियाका विभिन्न सहरसँग यसअघि नै भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । भगिनी सम्बन्ध गाँसिएका सहरहरूले समेत विकास निर्माण लगायत क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

कोरोना सङ्क्रमणका बेला पनि उनीहरूले स्वास्थ्य सामग्री र उपकरण सहयोग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =