पोखरामा तायामचा नाच प्रतियोगिता

पोखरा । पोखरामा नेवारी समुदायको तायामचा नाच प्रतियोगिता भएको छ । नेवा खलक कास्की र मोहोरिया/सिंहनाथ तायमचा समितिले आयोजना गरेको प्रतियोगितामा २३ टोली सहभागी थिए । प्रतियोगितामा भीमसेन टोल सुधार समिति पहिलो भएको छ ।

यस्तै, तेर्सापट्टि तायमचा नाच समिति दोस्रो, महेन्द्रपुल तायमचा समिति तेस्रो र नयाँ बजार सांस्कृतिक समिति सान्त्वना भयो । पहिलो हुनेले ३५ हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना हुने समूहले ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

तायामचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वलाई बढवा दिन र पुस्तान्तरणका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष शिवप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =