तनहुँबाट घुस सहित इन्जिनियर पक्राउ
२०७९ भदौ ४ गते

पोखरा । तनहुँबाट एकजना इन्जिनियर घुससहित पक्राउ परेका छन् । दमौली स्थित भोर्लेटार चोकमा रहेको एक होटलबाट ७५ हजार घुस सहित अमलेशकुमार निक्लम पक्राउ परेका हुन् ।
उनी शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जामा कार्यरत छन् । सेवाग्राही सँग घुस मागेको सूचनाका आधारमा प्रहरीले उनलाई पिछा गरेको थियो । प्रहरीले ७५ हजार रुपैयाँ सहित रंगेहात पक्राउ गरेको हो ।
२०७९ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित








