विराटनरको ऐतिहासिक राधाकृष्ण रथयात्रा निकाल्ने अन्तिम तयारी

विराटनगर । विराटनगरमा हरेक बर्ष निकालिँदै आएको राधाकृष्ण रथयात्रा आज भब्य रुपमा निकाल्ने अन्तिम तयारी भएकोछ । अहिले तीनपैनीमा रहेको राधाकृष्ण मन्दिरमा श्रद्धालुको भिड लागेको छ।

रथ निकाल्ने दिन बिहानैदेखि बिराटनगरमा बिशेष चहल पहल हुने गर्दछ । श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट रथयात्रा निकाल्ने चलन छ । निरन्तर दुई बर्षदेखि कोरोनाको महामारीको कारण हुन नसकेको राथयात्रा यो बर्ष भब्य हुने आयोजकले जनाएकोछ । तर यो बर्षको रथयात्रामा पनि झाँकी निकालिनेछैन ।

५४औं रथयात्राको रुपमा आज निकालिने रथयात्रा ९ किलोमिटर पुरा गरेर मन्दिरमा फर्किने आयोजक राधाकृष्ण मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष नन्दकिशोर राठीलले जानकारी दिए ।

तीनपैनीको राधाकृष्ण मन्दिरबाट शुरु हुने रथयात्रा ट्राफिक चोक, रोडशेष चोक हुँदै बरगाछिबाट पुन मन्दिरमा पुगेर समापन हुने आयोजकले जनानाएको छ। यो यात्रा पुरा गर्न करिब ५ घण्टा लाग्ने अनुमान गरिएको उपाध्यक्ष राठीले मकालुखबरलाई जानकारी दिए ।

विक्रम संवत् १९८९ सालमा खटयात्राबाट शुरु भएकोमा बि।सं।२०२५ सालदेखि विराटनगरमा रथयात्रा निरनतर हुँदै आएको छ। यो बर्षको रथ २२ फिट लम्बाई, १४ फिट चौडाई र १८ फिट उचाई रहेको छ । विराटनगरमा निकालिने रथयात्रा दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा रहेको बताईन्छ ।

रथयात्राको अवलोकन तथा दर्शन गर्नका प्रदेश १ का बिभिन्न जिल्ला सहित, प्रदेश २ को सप्तरी, सिरहाबाट तथा भारतका विभिन्न ठाउँबाट आउने गरेको आयोजकको भनाई छ।

यस बर्ष पनि रथयात्रा निकालिरहँदा कोरोनाको संक्रमण फैलिँदै गएकोले रथयात्रामा सहभागी हुन आउनेलाई मास्क र स्यानिटाईजर अनिवार्य गरिएको छ । रथयात्रामा हुनसक्ने संभावित घटनालाई ध्यानमा राखेर ब्यापक सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *