बैंकको निक्षेप ५० खर्ब ३४ अर्ब पुग्यो

काठमाडौँ । बैंकको निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। त्यसमा वणिज्य बैंकहरुको ४४ खर्ब ३४ अर्ब र अन्य बैंक तथा वित्तिय संस्थाको निक्षेप ६ खर्ब रहेको छ।

बैंक तथा वित्तिय संस्थाहरुको कर्जा प्रवाह भने ४७ खर्ब देखिएको छ। वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ७२ अर्ब र अन्य बैंक तथा वित्तिय संस्थाको ५ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ।

बैंक तथा वित्तिय संस्थाहरुको औषत कर्जा निक्षेप अनुपात अर्थात् सीडी रेसियो ८८ दशमलव ०७ प्रतिशत रहेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६।४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२।३ प्रतिशत कर्जा चालु सम्पत्ति कृषि तथा गैर–कृषिजन्य वस्तु को धितोमा प्रवाह भएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *