कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

काठमाडौँ । अहिले देशका विभिन्न स्थानमा बदली भइरहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ भोलि र पर्सिको पूर्वानुमान

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *