सुनचाँदीको मूल्य सस्तियो

काठमाडौँ । सुनको मूल्यमा शुक्रबार पनि गिरावट आएको छ ।

यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

गत सातायता चाँदीको मूल्य लगातार सस्तिँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *