पोखरामा ४ महिनामा ४ पटक एटिएमबाट पैसा चोरी, अर्घौंको एटिएम फुटाउने तामाङ पक्राउ

पोखरा । पोखरामा वैशाखदेखि हालसम्म ४ पटक एटीएम फुटाएर पैसा चोरी भएको छ ।

तीन ठाउँमा चोरी गर्ने तत्कालै पक्राउ परेपनि लेखनाथ स्थित अर्घौंचोकको एनएमबी बैङ्कको एटिएम फुटाउने बेपत्ता थिए । प्रहरीले पक्राउ गर्न सकेको थिएन । एटीएम मेसिनबाट १४ लाख ७१ हजार रुपैयाँ चोरी भएको थियो ।

गत साउन २ गते भएको उक्त चोरीमा संलग्नलाई करिब १ महिनापछि पक्राउ गर्न सफल भएको छ । विना हतियार सजिलै मेसिन फोडेर पैसा चोरेका २४ वर्षका उमेश तामाङ पक्राउ परेका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनलाई लेखनाथ स्थित कुलाको मुखबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *