रेवान पोखराको अध्यक्षमा भट्टराई निर्वाचित

पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई  निर्वाचित भएका छन् । पोखरामा भएको २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो ।

अध्यक्षसहित समितिका सबै जना निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । समितिको प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा वसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषाध्यक्षमा रोशन जङ कार्की, सचिवमा भीष्मराज पौडेल र सह कोषाध्यक्षमा वैभव पौडेललाई चयन गरिएको छ ।

सदस्यहरूमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, विष्णु बानियाँ, लोकप्रसाद ढकाल र वीरेन्द्र शेरचन चयन भएका निवर्तमान अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *