होस्टेलमा बस्ने विद्यार्थीबीच यौन सम्बन्ध, किशोरी गर्भवती भएपछि स्कुलमा तालाबन्दी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ धिताल स्थित भूमेस्वर माविको छात्रावासमा बस्ने विद्यार्थीबीच अवैध यौन सम्बन्धपछि अहिले विद्यालयमा तनाव सिर्जना भएको छ ।

होस्टेलमा बस्ने विद्यार्थीबीच यौन सम्बन्ध भएको र किशोरी गर्भवती भएको थाहा पाएपछि अभिभावकले नै विद्यालयमा तालाबन्दी गरेका थिए । एसइई दिने बेलामा किशोर र किशोरीबीच सम्बन्ध भएको र अहिले मात्रै अभिभावकले थाहा पाएका बताइएको छ ।

एसइई तयारीका लागि होस्टेलमा १३ विद्यार्थी बसेका थिए । किशोरी बिरामी भएपछि अस्पताल लगिएकोमा अस्पतालले समेत गर्भवती भएको रिपोर्ट दिएको छ ।

घटनापछि स्थानीयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको राजीनामा मागेका छन् । गर्भवती भएकी किशोरी शक्ति समूहको आश्रयमा छिन् भने किशोर प्रहरी नियन्त्रणमा छन् । किशोरलाई जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *