एसबिआई बैंकका ग्राहकलाई बर्दिबासको गौतम होटलमा छुट

काठमाडौँ । नेपाल एसबिआई बैंकका ग्राहकले गौतम होटेल बर्दिबासको सेवामा छुट पाउने भएका छन् ।

बैंक र होटलबीच बिहीबार उक्त छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार बैंकको कार्डबाहक ग्राहकले होटलको सेवामा छुट पाउने छन् ।

सम्झौता पत्रमा बैंकका प्रदेश प्रमुख लेखनाथ पोखरेल र होटलका प्रोप्राइटर हिरालाल गौतमले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा एसबिआई बैंकको जनकुर शाखा कार्यालयका प्रबन्धक प्रज्वल राज भण्डारीलगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *